Ultimate magazine theme for WordPress.

प्रवासी समाज बहराईले जिल्ला अस्पतालमा प्रतिक्षालय बनाउने

560

अनिता भुसाल / माघ २७, अर्घाखाँची
अर्घाखाँची प्रवासी समाज बहराईनले अर्घाखाँची अस्पतालमा प्रतिक्षालय निर्माण गर्ने भएको छ ।
अस्पतालमा बन्न लागेको २४ घण्टे विरामी काउन्टर संगै रहनेगरी विरामी प्रतिक्षालय बनाउने गरी केही दिनमै काम शुरु गरिने अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिनुभयो ।
अस्पतालमा विरामीहरुलाई पर्ने समस्याहरुलाई मध्यनगर गर्दै आफुहरुले प्रतिक्षालय निर्माणमा पहलकद्मी लिएको अर्घाखाँची प्रवासी समाज बहराईनका अध्यक्ष रामु खनालले जानकारी दिनुभयो ।
सदरमुकाम सन्धिखर्कमै गुणस्तरीय स्वास्थ्य सेवाको लागि केही भूमिका होस भन्ने हेतुले आफुहरुले सहयोग गरेको महासचिव अनमोल राक्सेमगरले बताउनुभयो ।
छिटो निर्मण सक्नेगरी तत्कालै काम शुरु गरिने निर्माण समिति संयोजक सन्तोस सोमईले जानकारी दिनुभयो ।

Comments
Loading...