Ultimate magazine theme for WordPress.

 अर्घाखाँचीमा विशेष धार्मिक प्रशिक्षण तथा प्रवचन कार्यक्रम हुँदै

312

अनिता भुसाल / माघ २०, अर्घाखाँची

अर्घाखाँची जिल्लामा बिशेष धार्मिक प्रशिक्षण तथा प्रवचन कार्यक्रम सन्चालन गरिने भएकाे छ ।

हिन्दुधर्म रक्षा परिषद नेपाल र यसकाे मातहतमा रहेकाे हिन्दु जागरण युवा स्वयंसेवककाे अायाेजनामा माघ २४ गते कार्यक्रम हुन लागेकाे हाे ।

कार्यक्रममा धर्म विज्ञानका ज्ञाता प्राध्यापक डाक्टर देवमणि भट्टराई र प्राध्यापक हरिप्रसाद साेडारीले विशेष प्रवचन दिने अायाेजकले जानकारी दिएकाे छ ।

सन्धिखर्कमा पत्रकार सम्मेलनकाे अायाेजना गरि परिषदका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालले धर्म संस्कार र संस्कृतिकाे संरक्षणमा अाफुहरुले ध्यान केन्द्रित गरेकाे जानकारी दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा हजाराकाे सहभागिता रहने अायाेजकले जानकारी दिएकाे छ ।

Comments
Loading...