राधा नेपाली / माघ १८, अर्घाखाँची
छत्रदेव गाउपालिका स्तरिय पशु स्वास्थ तथा बझोपन र माटो परिक्षण शिबिर ठुलापोखरामा सम्पन्न भएको छ ।
शिबिरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले मुलुकको आर्थिक समृद्धि कृषि र पशु-पालनबाट मात्र सम्भब हुने बताउनु भएको छ । उहाले कृषि र पशु-पालनलाई पालिकाले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै दुध ,फुल र मासुमा आत्मनिर्भर बन्नका लागि आधुनिक तरिकाबाट व्यावसायिक पशु-पालन गर्नुपर्ने र स्वस्थ उत्पादनमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको छ ।
भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कपिलवस्तु अर्घाखाँचीका कार्यलय प्रमुख श्रवणकुमार चौधरीले पशु बिकासका लागि पशु स्वास्थ्य एकदमै महत्त्वपूर्ण रहेको बताउदै उपभोक्ताको अधिकारलाई समेत ध्यानमा राखि स्वस्थकर पशु उत्पादनका लागि पशु स्वास्थ्यमा हेल्चेक्राइ नगर्न शुझाब दिनु भयको थियो । उहाँले कृषि र पशु तर्फ राज्यको ध्यानाकर्षण भएको जनाउँदै उत्पादन र उत्पादकत्व बढाउने खालका नतिजामुखी कार्यक्रममा सरकारको जोड रहेको बताउनु भएको थियो ।
कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष तुलसीदेवि श्रेष्ठ , पशुपन्छी तथा मत्य बिकास निर्देशनालयका पशु चिकित्सक भक्त निउरे, छत्रदेव गाउपालिका वडा न. 8 का अध्यक्ष राजकुमार श्रेष्ठ ,वडा न. 7 अध्यक्ष शोभाकर पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कपिलवस्तु अन्तर्गत सम्पर्क केन्द्र अर्घाखाँचीका प्रमुख योगेन्द्र प्रसाद मरासिनीको संचालन र पशु चिकित्सक बिष्णुप्रसाद पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।
भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कपिलवस्तु सम्पर्क केन्द्र अर्घाखाँची र छत्रदेब गाउँपालिकाको संयुक्त आयोजनामा संचालित शिबिरमा करिब दुई सय घरधुरी लाभान्वित भएका छन । भने विभिन्न पशुबस्तु र चौपाया गरि करिब एघार सय जति जनाबरको लागि औसधि बितरण र उपचार समेत गरिएको छ ।
शिबिरले पशुपालनमा ठूलो टेवा पुर्याउनुका साथै कृषि र पसुपालनमा लाग्न समेत हौसला मिलेको स्थानीयहरुको भनाइ रहेको छ ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Comments