Ultimate magazine theme for WordPress.

फेरिदै संस्कार, छोराको जन्म दिनमा बिमा उपहार

1,103

छोराको जन्मदिनको अवसरमा रुपन्देही ३ सैनामैनाका बिकास चौधरीले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० लाख रुपैयाँको बिमा पोलिसी उपहार दिनु भएको छ ।

छोरा बिभान्स कठरियाको जन्मदिनको अवसर पारी ५० लाखको बिमा पोलिसी उपहार दिनुभएको हो । २० बर्ष पछि बिमा बाट आउने पैसाले छोरालाई उच्च शिक्षा पढाउन मद्दत पुग्ने चौधरिको भनाइ छ ।

चौधरिले भविष्यमा छोराले आफुले रोजेको विषय आफ्नै बिमा रकमबाट पढ्न सकोस् भनेर बिमा उपहार दिएको बताउनु भयो । जन्मदिनको अबसर्मा हुने फजुल खर्च कटौती गरि जम्मा गरेको रकम बाट विमा उपहार दिइएको थियो ।

छोराछोरीका लागि महंगा खेलौना, गाडी, मोवाइल लगायत उपहार दिएर अनावश्यक खर्च गर्ने चलनविरूद्व चौधरी दम्पतीको यो बिमा उपहारले सुनैलो भबिस्य र सुरक्षित भबिस्यका लागी गतिलो शिक्षा दिएको छ ।

Comments
Loading...