Ultimate magazine theme for WordPress.

बुटवलमा एक युवाद्वारा हम्मरले हानी श्रीमतीको हत्या

408

२३ पुष वुटवल

रुपन्देहीमा एक युवाले हम्मर प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको सियारी गाउँपालिका निवासी सनी कुमालले हम्मरले श्रीमतीको शरिरहको विभिन्न भागमा प्रहार गरी हत्या गरेका हुन् । ३२ वर्षीय कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले प्रारम्भिक अनुसन्धानमा सनिले फलामको हम्मरले टाउको, अनुहार, छाती, पेटमा हिर्काएर श्रीमती कान्छीको हत्या गरेको खुल्न आएको बताए ।

मंगलबार बिहान ११ बजे सियारी गाउँपालिका १ स्थित सूर्यबहादुर कुँवरको घरस्थित डेरामा कान्छी कोठाभित्र मृत अवस्थामा फेला परेपछि प्रहरीमा खबर पुगेको थियो ।

प्रहरीले अभियुक्त सनिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घरासयी विवादका कारण हत्या भएको खुल्न आएको प्रहरी प्रवक्ता खत्रीले बताए ।

Comments
Loading...