Ultimate magazine theme for WordPress.

प्याव्सन अर्घाखाँचीको नवौँ वार्षिक साधारण सभा सम्पन्न

280

शिव वेल्वासे / १६ पौष , अर्घाखाँची

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) अर्घाखाँचीको नवौँ वार्षिक साधारण सभा एक समारोह बिच सम्पन्न भएको छ ।

संख्यात्मक संगै गुणात्मकमा समेत फड्को मारिरहेका निजी विद्यालय समयानुकुल थप परिष्कृत हुँदै शिक्षक, विद्यार्थी र अभिभावको त्रिकोणात्मक सम्वन्ध, तालिम प्राप्त शिक्षक,पाठ्यक्रमसंगै व्यवहारिक ज्ञानको सिकाई, विद्यार्थीको शारीरिक, मानसिक एवं संवेगात्मक विकासका लागि खेलकुद, मनोरञ्जन लगायत अतिरिक्त क्रियाकलापमा विशेष जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताले धारणा राखेका थिए ।
प्याव्सन केन्द्रीय सदस्य श्रीकृष्ण भुसालको प्रमख आतिथ्यतामा भएको कार्यक्रममा नारायण प्रसाद पौडेल, इन्द्र वहादुर क्षेत्री,सालिकराम भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अर्घाखाँची जिल्लाभरका 28 निजी विद्यालय सहभागि रहेको कार्यक्रममा कोषाध्यक्ष धनिश्वर पाण्डेको आर्थिक प्रतिवेदन र सचिव कमल वेल्वासेको साङ्गठानिक प्रतिवेदनमाथि व्यापक छलफल पछि पारित गरिएको थियो ।

कार्यक्रम गणेश क्षेत्रीको अध्यक्षता , मोहनराज भुसालको स्वागत मन्तव्य र कमल वेल्वासेको संचालनमा सम्पन्न भएको हो ।

Comments
Loading...