Ultimate magazine theme for WordPress.

रोटरी क्लव अर्घाखाँचीका चार्टर प्रेसिडेन्ट रोटरीयन गोपालप्रसाद पन्थी चन्डीगढमा, उपलव्धीमुलक भेटघाटमा व्यस्त

397

पहिलो अपडेट पुष ३,
फ्रेन्डसिप र फेलिोसिप कार्यक्रमको सन्दर्भमा भारतको चण्डीगढमा रहनुभएका रोटरी क्लव अफ अर्घाखाँचीका चार्टर प्रेसीडेन्ट गोपाल प्रसाद पन्थी त्यहाँ रहेका विभिन्न क्लवहरुसंग भेटघाटमा रहनुभएको छ ।
भेटघाटको क्रममा रोटरी इन्टरनेशनलका पूर्व अध्यक्ष भएको क्लव रोटरी क्लव अफ चण्डीगढका पिडिजी डा मधुकर महोत्रा संग भेटघाट गरी आरआइडी ३२९२ नेपाल भुटानसंग समन्वय गरी आगामी २०२० मा नेपालमा सर्जरीको मेगा हेल्थ क्याम्प गर्ने सो को लागि नेपालका पिडीजी हरुसंग समन्वय गर्ने सहमती भएको छ ।
त्यसैगरी रोटरी क्लव अफ चण्डीगढ सेन्टरका पास्ट प्रेसीडेन्ट रोटरीयन नवजित सिंह संगको भेटघाटमा रोटरी क्लव अफ अर्घाखाँचीलाई आउने २०२० मा जिल्लाको कुनै एक विद्यालयमा शिक्षाको कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।
त्यसैगरी रोटरी क्लव अफ मन्साका रोटरीयन हर्देप सिंह उभा संग समन्वय गरी रोटरी क्लव अफ अर्घाखाँचीलाई २०२० मा केही विपन्न परिवारका केही विद्यार्थीहरुको सहयोगको लागि शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्ने समझदारी भएको छ । जसको लागि उभा स्वयं अर्घाखाँचीमा हुने कार्यक्रममा उपस्थित हुने बताइएको छ ।
यसैगरी आज पनि दिल्लीमा रहेका विभिन्न क्लवहरुसंग छलफल तथा अन्तरक्ररिया गरिएकाे पन्थिले पहिलाेे अपडेट डटकालाई बताए ।

Comments
Loading...