Ultimate magazine theme for WordPress.

रोटरी क्लव अर्घाखाँचीद्वारा अपांगता भएकाहरुलाई ह्वीलचेयर वितरण (भिडियो सहित)

224

अर्घाखाँची जिल्लाको सन्धिखर्क २ चुत्रावेसी निवासी अपांगता भएका सुदन गैरेलाई राेटरि क्लव अफ अर्घाखाँचीले ह्विलचेयर हस्तान्तरण गरेकाे छ । मेरुदण्डमा समस्या अाई उपचाररत गैरेकाे केही वर्षअघी शल्यक्रिया असफल भएकाे थियाे ।

शल्यक्रिया असफल भएसंगै उच्च शिक्षा अध्ययन गर्दै गरेका गैरे स्थायी अपांग बनेका थिए । अपांग भई सामान्य हिडडुल गर्न समेत अरुकाे सहारा खाेज्न बाध्य बनेका गैरेलाई राेटरि क्लव अफ अर्घाखाँचीका चार्टर मेम्वर बिष्णु अाचार्य र श्रीमती बिष्णुमाया अाचार्यकाे पहल र सहयाेगमा ह्विलचेयर प्रदान गरिएकाे हाे ।

एक अनाैपचारिक कार्यक्रमका विच राेटरि क्लव अफ अर्घाखाँचीका अध्यक्ष हरि दमासे, संस्थापक अध्यक्ष गाेपाल पन्थि, पुर्व अध्यक्ष लिला गाैतम, सदस्य कृष्ण भुसाल, प्रेम थापा, हरिप्रसाद भुसाल लगायतकाे उपस्थितिमा ह्विलचेयर हस्तान्तरण गरिएकाे हाे ।

कार्यक्रममा संस्थापक अध्यक्ष पन्थिले सामाजिक काममा अाफुरहरुकाे सक्रियता रहने भन्दै अपांगता भएकाहरुकाे सहारा बन्न पाउँदा खुसि लागेकाे बताए । अपांगता काेहि पनि चाहेर नबन्ने भन्दै पन्थिले समाजमा अपांगता भएकाहरुलाई सहज वातावरण बनाउनका लागि सवैकाे भुमिका अाैल्याएका थिए ।

क्लवले जिल्लामा अपांगता भएकाहरुकाे लागि ह्विलचेयर बितरण गरिरहेकाे छ । क्लवले यश अघि पनि विभिन्न स्थानमा रहेका अपांगता भएकाहरुलाई ह्विलचेयर वितरण गरिरहेको छ ।

Comments
Loading...