प्हिलो अपडेट, मंसिर २४, अर्घाखाँची
अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्क देखी गोरुसिंगे सम्मको सडक खण्डमा १० चक्के सवारी साधन चलाउन रोक लगाइएको छ ।
बढ्दो दुर्घटना न्यूनिकरणको क्रममा विभिन्न विधि प्रयाग गरिदै आएको अर्घाखाँचीमा ट्रिपरको तिब्र गति पनि दुर्घटनाको कारण रहेको निष्कर्ष निकाल्दै हाललाई एकतहसम्म मात्रै ढुंगा बोक्न पाउने मात्रै होइन १० संगसंगै ट्रिपर चलाउन समेत रोक लगाइएको छ ।
तिव्र गतिमा चलाउन समेत नपाउने गरी सम्वन्धीत निकायमा निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी दिए ।
अर्घाखाँची आएसंगै केही फरक काम गर्दै आएको प्रजिअ पौडेलले दुर्घटना न्यूनिकरणको लागि विभिन्न ढंगले भूमिका निर्वाह गरिरहेका छन् ।
फरक अनि नयाँ काम गर्न रुचाउने पौडेलको यहाँका स्थानीयले प्रशंसा गर्न थालेका छन् ।