Ultimate magazine theme for WordPress.

ज्ञानेन्द्रको अर्घाखाँची भ्रमण हाललाई स्थगित

486

पहिलो अपडेट मंसिर १०, अर्घाखाँची

पूर्व राजा ज्ञानेन्द्र शाहले गर्ने भनिएको अर्घाखाँची भ्रमण नहुने भएको छ ।

यस आसपासका केही जिल्लाको भ्रमणको तयारी भएको भएपनि गुल्मी र अर्घाखाँचीको हकमा अहिले भ्रमणको समय तालिका मिलाउन नसकिएको बताइएको छ ।

पहिलो अपडेटसंग कुराकानी गर्दै पूर्वराजाका स्वकिय सचिव सागर तिमल्सिनाले भने “अन्य जिल्लाकाहरुको भ्रमण हुन्छ तर तत्काल विशेष कारणबस अर्घाखाँची र गुल्मीको भ्रमण मिलाउन सकिएन ।”

स्रोतका अनुसार यही मंसिर १५ गते ज्ञानेन्द्र भैरहवा ओर्लनेछन् भने यो चरणमा रुपन्देही पाल्पा, कपिलवस्तु र नवलपरासीका मुख्य मुख्य पर्यटकीय मन्दिरहरुमा शाहले दर्शन एवं पूजाआजा गर्नेछन् । मन्दिरहरुको भ्रमणका अलावा १८ गते बुटवलमा सामाजिक अगुवासंग भेटघाटको समय समेत मिलाइएको छ । यद्यपी त्यो भेटघाट कुन प्रकृतीको हो भन्ने विषयमा केही खुलाईएको छैन ।

स्रोतका अनुसार तिमल्सिनाको लगायतको टोलीले अर्घाखाँचीमा नै आएर यहाँको बस्तुस्थितीको विषयमा अध्ययन गरेको थियो । यद्यपी भ्रमण के कारण स्थगित भएको हो भन्ने विषयमा भने केही खुलाइएको छैन ।

Comments
Loading...