Ultimate magazine theme for WordPress.

राेटरि क्लव अर्घाखाँचीद्वारा ह्विलचेयर सहयाेग

275

मंसिर ६, अर्घाखाँची

राेटरि क्लव अर्घाखाँचीले अपांगता भएकाहरुलाई ह्विलचेयर वितरण गरेकाे छ ।

राेटरि क्लवका अध्यक्ष हरि प्रसाद दमासे र निर्माण व्यवसायी संघ अर्घाखाँचीका सहअध्यक्ष समेत रहेका राेटरियन कासिराम बस्याल लगायतले अपांगहरुलाई ह्विलचेयर बितरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा राष्ट्रिय अपांग महासंघ पाँच नं प्रदेश सदस्य कमला परियार, राेटरियन कृष्ण प्रसाद भुसाल, प्रेम थापा, हिराधर अाचार्य, तिर्थराज घिमिरे लगायतकाे उपस्थितिमा जीवन मर्स्याङी मगर र कृष्ण प्रसाद भुसाललाई ह्विलचेयर वितरण गरिएकाे हाे ।

ह्विलचेयर वितरण गर्दै अध्यक्ष घिमिरेले समाज परिवर्तन र असाहयलाइ सहयाेग नै राेटरीकाे मन्त्र रहेकाे भन्दै सवैलाई राेटरिमा गाेलवन्द हुन अाग्रह गरेका थिए ।

राेटरि क्लव अफ अर्घाखाँचीकाे सहयाेगमा ह्विलचेयर पाएपछि अपांगता भएकाहरुले खुसी ब्यक्त गर्दै निरन्तर सहयाेगकाे अपेक्षा गरेका थिए ।

हस्तान्तरण कार्यक्रम क्लवका जिल्ला अध्यक्ष हरि दमासेकाे अध्यक्षता र राेटरियन हरिप्रसाद भुुसालकाे सन्चालनमा सम्पन्न भएकाे हाे ।

Comments
Loading...