Ultimate magazine theme for WordPress.

आलमलाई मध्यराती काठमाडौँ ल्याइयो

न्ययाधिश र सरकारी वकिलले जिल्ला छोडे

244

काठमाडौँ । रौतहट जिल्ला अदालतले नेपाली कांग्रेसका नेता मोहम्द अफताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाएलगत्तै रातारात काठमाडौँ ल्याइएको छ । आलमलाई ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो ।

१२ वर्षअघि बम बनाउँदा विस्फोट भएर घाइतेलाई इटाभट्टामा हालेको आरोपमा पक्राउ परेका आलमलाई शुक्रबार अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले रौतहटको गौरबाट शनिबार विहान ४ बजे नख्खु कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ ।

अदालतको आदेशमा उल्लेख भएअनुसार सुरक्षाको दृष्टिकोणले उनलाई त्यहाँ राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थान्तरण गर्न सकिनेछ ।

अदालतको आदेशपछि उनलाई गाडीमा हालेर राति एक बजेतिर नख्खु कारागारमा ल्याइएको हो ।

न्ययाधिश र सरकारी वकिलले जिल्ला छोडे

प्राप्त स्रोत अनुसार आलमलाई जेल चलानको फैसला गर्ने रौतहटका जिल्ला न्यायाधिश र सरकारी वकिलले शुक्रवार साँझ नै जिल्ला छोडेका छन् । असुरक्षित महशुश गरी उनीहरुले एकाएक जिल्ला छोडेका हुन् ।

Comments
Loading...