Ultimate magazine theme for WordPress.

साधारण तारेखमा छुटिन नायिका शिल्पा पोखरेल

223

काठमाडौँ – नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौँमा शुक्रबार हाजिर भएकी पोखरेललाई बहुविवाह सम्बन्धी मुद्दामा अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

न्यायाधीश मुकेश उपाध्यायको इजलासले सो आदेश दिएको हो । हिमा ओझाले दिएको बहुविवाहको उजुरीमाथि महिला सेल, कालिमाटीले अनुसन्धान गर्ने क्रममा निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको थियो ।

तर, पूर्जीविरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् । यद्यपि, उनको विपक्षमा फैसला भएपछि शुक्रबार अदालतमा उपस्थित भएकी हुन् ।

निर्माता ओझा भने अहिलेसम्म अदालत उपस्थित भएका छैनन् ।

Comments
Loading...