Ultimate magazine theme for WordPress.

निलम्बित सांसद आलम पुर्पक्षका लागि कारागार चलान

171

काठमाडौँ- निलम्बित कांग्रेस सांसद मोहम्मद अफताब आलम कारागार चलान भएका छन् । बम विस्फोटका घाइतेलाई इट्टाभट्टामा ज्युँदै जलाएर मारेको आरोप लागेका आलमलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।

जिल्ला अदालतमा चलेको थुनछेक बहसपछि आलमलाई कारागार चलाउने आदेश भएको हो। जिल्ला अदालत, रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले उक्त आदेश गरेको हो।

१२ वर्ष अघि चुनाव प्रभावित पार्न बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकाहरुलाई इट्टाभट्टामा हालेर हत्या गरेको आरोप आलमलाई छ ।

Comments
Loading...