Ultimate magazine theme for WordPress.

सिर्जनशील युवा संजालको अध्यक्षमा भूसाल

565

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ३ मा क्रियाशिल सिर्जनशील युवा संजालको अध्यक्षमा हरिप्रसाद भुसाल चयन भएका छन् ।

स्थानीय स्तरमा सक्रिय क्लवको केही दिन अघि सम्पन्न प्रथम साधारण सभा तथा अधिबेशनले भुसालको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत गठन गरेको हो ।

विभिन्न संघसंस्था तथा सामाजिक कार्यमा सक्रिय भुसाल क्लवको संस्थापक सचिव समेत हुन् ।

अधिबेशनले रुपन्देहीमा व्यवसाय गरिरहेका युवा व्यवसायी प्रेम बन्जाडेलाई उपाध्यक्षमा चायन गरेको छ । त्यसैगरी सचिवमा उच्च शिक्षा अध्ययनरत लक्ष्मी बेल्वासे, कोषाध्यक्षमा उच्च शिक्षा अध्ययनरत हिमाल पौडेललाई चयन गरेको छ ।

त्यसैगरी अधिबेशनले दिपक पौडेल, विपना भुसाल, मनिषा बन्जाडे, कृष्णा वि.क., रचना परियार लाई सदस्यमा सर्वसम्मत चयन गरेको छ ।

क्लवले स्थानीय स्तरमा पहिरोपिडितलाई जाली वितरण, आँपका विरुवा वितरण, मन्दिर फिल्ड निर्माण जस्ता कार्यहरु गरी समाज रुपान्तरणमा भूमिका खेलिरहेको छ ।

Comments
Loading...