Ultimate magazine theme for WordPress.

घुम्तिसम्म तत्काल माेड काटिन्छ : साँसद अाचार्य

1,828

२२, कार्तिक २०७६

प्रदेश सभा सदस्य चेतनारायण अाचार्यले नरपानीदेखि घुम्तिसम्मकाे माेड तत्काल काटिने प्रष्ट पारेका छन् ।

साँघुराे बाटाे र माेडहरुका कारण सडक दुर्घटना बढिरहेकाे र माेड काट्न जनस्तरबाट माग बढिरहेका बेला अाचार्यले केही दिनभित्रै देखिने गरि काम हुने स्पष्ट पारेका हुन् ।

पहिलाे अपडेटसंगकाे कुराकानीमा अाचार्यले यस विषयमा अाफुले सम्वन्धित कार्यालयका कार्यालय प्रमुखसंग गम्भिरताका साथ कुरा गरेकाे र यथासक्य माेड काट्ने विषयमा छलफल भएकाे जानकारी दिएका हुन् ।

” सम्भवत भरे भाेलीमै त्यहाँ उपकरणहरु अाईसक्छन् ” अाचार्यले भने ” मैले गम्भिरताका साथ पहल गरेकाे छु तुरुन्तै सवैले महशुश गर्नेगरी काम हुनेछ ।”

घुम्तिसम्म माेड काटेपछि अर्काे चरणमा तत्काल घुम्ति देखि सन्धिखर्क सम्मकाे माेड काट्न पहल गर्ने अाचार्यकाे भनाई छ ।

वढ्दाे दुर्घटनाकाे समाचारले अाफुलाइ निकै स्तब्ध बनाएकाे भन्दै अाचार्यले सडककाे गुणस्तर बृद्धि गर्दै दुर्घटना न्युनिकरण गर्न अाफु गम्भीर र संवेनशील भएकाे बताए ।

Comments
Loading...