Ultimate magazine theme for WordPress.

दलित महिला प्रतिनिधिहरुकाे गुनासाे : उचित ठाउँ पाईएन

320

अम्विका श्रेष्ठ / कार्तिक २२, अर्घाखाँची

दलित महिला जनप्रतिनिधिहरुले अाफुहरु चुनावबाट निर्वाचित भएर अाएकाे भएपनि उचित ठाउँ नपाएकाे गुनासाे गरेका छन् ।

वडाकाे बैठकमा समेत फरक दृष्टिकाेणले हेरिएकाे सन्धिखर्क नगरपालिका वडा नं १२ कि वडा सदस्य हुमकला टमाटाले बताईन । ” बैठकमा खाजा खाने बेला भाे कि सदस्य साथिहरुले नै कुर्सी छाेड्नुहुन्छ । ” टमाटाले भनिन ।

त्यस्तै भुमिकास्थान नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी ५ नं वडाकि सदस्यकाे गुनासाे पनि कम छैन । निर्वाचित जनप्रतिनिधि भएर पनि ठाउँ ठाउँमा विभेद सामना गर्नुपरेकाे लक्ष्मी बिककाे भनाइ छ ।

” हामी दलित भएर गर्व गर्न चाहन्छाैँ ” विकले भनिन् ” स्थानिय सरकारले बनाउने विषयगत समिति, उपसमितिहरुमा समेत विभेद गरिएकाे छ ।”

केही महिला प्रतिनिधिहरुले सहभाेजकाे बिकल्प देखिरहँदा दलितकाे समस्या सहभाेजले पार नलाग्ने सन्धिखर्क नगरपालिका वडा नं १ कि वडा सदस्य अाशा परियारकाे बुझाई छ । ” सहभाेज दलित बिभेदकाे निकास हाेईन ” परियारले भनिन ” राज्यले नै त्यसखालकाे साेच र नीति बनाउनुपर्छ ।”

दलित महिला केन्द्रले सदरमुकाम सन्धिखर्कमा अायाेजना गरेकाे लेखन र प्रकाशनका लागि मिडियासंग सम्बन्ध विस्तार कार्यक्रममा सहभागी महिला जनप्रतिनिधिले याे गुनासाे गरेका हुन् ।

Comments
Loading...