Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा कार दुर्घटना: ३ को मृत्यु, २ घाइते

485

अर्घाखाँची । आज (बुधबार) विहान अर्घाखाँचीको सन्धीखर्कस्थित नरपानीमा  कार  दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

बा १७ च ६९१७ नम्बरको कार रुपन्देहीको सैनामैनाबाट सन्धीखर्कतर्फ आउँदै गर्दा बुधबार विहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा २ जना पुरुष १ जना महिलाको मृत्यु भएको र उनीहरुको पहिचान अहिले पहिचान हुन सकेको छैन। दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ । घाइतेहरुलाई उपचारका लागि पठाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

अपडेट
घटनामा ज्यान गुमाउनेहरुमा रुपन्देही सैनामैना नपा २ मुर्गियाका ७० वर्षिया दुर्गादेवी खड्का, ४० वषिय तिलक खड्का, ४३ भक्त बहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ

Comments
Loading...