वाणगंगा नगरपालिका र चिनको छिचौँ नगरपालिका बीच भगिनी सम्बन्ध कायम भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाका अनुसार आइतवार नै दुई नगरपालिकाविच भागिनी सम्वन्ध कायम भएको हो ।
तिलोत्तमा नगरपालिकाबाट सफल प्रमुख प्रशासकीय अधिकृतको रुपमा परिचय स्थापित गरेका सापकोटा केही दिनअघि मात्रै सरुवाई भई बाणगंगा नगरपालिकामा आएका हुन् ।
सापकोटा आफैले फेसवुक स्टाटस अपडेट गर्दै दुई नगरपालिकाको भागिनी स्मवन्धको विषयमा जानकारी गराएका हुन् ।
यसअघी यसअघी कपिलवस्तुको वाणगंगा नगरपालिकासंग भगिनी सम्बन्ध स्थापित गर्न आएका चिनको आन्हुई प्रान्तमा रहेको छिचौँ नगरका उप प्रमुख फु चिन क्वाङ्ग सहितको टोलि आइतबार विहान देखि घुमफिरमा व्यस्त रहे । वाणगंगा संग भगिनी सम्बन्ध स्थापित गर्न आएको टोलीले नगरका विभिन्न पर्यटकीय तथा ऐतिहासिक ठाउँको अवलोकन गरेको हो ।
टोलीले राजापानी, नन्दनगर र कपिलधामको अवलोकन गरेको थियो ।