कार्तिक १५, अर्घाखाँची
तेस्राे संस्करणकाे अर्घाखाँची प्रिमियर लिगकाे ट्रफी सार्वजनिक गरिएकाे छ ।
अर्घाखाँची क्रिकेट संघले सन्धिखर्कमा अाैपचारिक कार्यक्रम गरि ट्रफी सार्वजनिक गरेकाे हाे ।
यहि कार्तिक १८ गतेबाट सन्धिखर्कमा शुरु हुने प्रतियाेगितामा करिव पाँच लाख खर्च हुने अायाेजकले जानकारी दिएकाे छ ।
प्रतियाेगितामा प्रथम हुनेले १ लाख ५ हजार र द्वितियहुनेले ५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
संघका जिल्ला अध्यक्ष ऋषिकेष भट्टराईका अनुसार प्रतियाेगितामा चार टिमकाे सहभागिता रहने छ ।
जस अन्तरगत एम्स स्टारकाे टिम क्याप्टेन बिक्रम भुुसाल, सुपर सुपाकाे टिम क्याप्टेन त्रिभुज कार्की, नमस्ते अर्घाखाँचीकाे टिम क्याप्टेन मनाेज सापकाेटा, राेयल सन्धिखर्ककाे टिम क्याप्टेन जगत क्षेत्री रहनेछन् ।