Ultimate magazine theme for WordPress.

भुमिकास्थानमा वडास्तरिय याेजनाकाे सम्झाैतालाइ तिव्रता

417

भूमिकास्थान नगरपालिका अर्घाखाँचीले कार्तिक ७ गतेदेखी वार्ड स्तरका उपभोक्ता समिति मार्फ़त संचालन हुने योजनाहरुको समझौताको कार्यलाई तीव्रता दीयेको छ ।

योजनाहरुको समझौताको कार्यमा उपभोक्ता समितिहरुले बिगतका दिनहरुमा भोगनु परेको समस्यालाई हृदयंगम गर्दै एसबर्स देखी नगरपालिकाले वडास्तरमै गई उपभोक्ता समितिसँग योजनाहरुको समझौताको कार्य गर्ने निर्णय गरेको हो ।

हिजो १ दिनमै नगरपालिकाले वडानम्बर ५ का ११ बटा योजनाको समझौताको कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाका १० वटै वडाहरुमा एसरी नै छिट्टो भन्दा छिट्टो योजना समझौता गरी यस आ ब मा नगरका सबै योजना निर्माणको कार्यलाई तदरूपताका साथ अघि बड़ाऊदै चैत्र मसांत सम्ममा सबै योजनाहरुको निर्माणकार्य समयमै सम्पन्न गर्ने नगरपालिकाको लक्ष्य रहेकोले यसरी फ़िल्डमै उपस्थित भई योजना समझौताको कार्य प्रारम्भ गरिएको नगर प्रमुख रेशम थापाको भनाई रहेको छ ।

बिगतका बर्सहरुमा उपभोक्ता समितिहरुले भोग़ेको दुःख देखेर यो बर्स हामिले योजना समझौतालाई सरल, सहज र प्रभाबकारि बनाऊन यो कदम चालेको हो ! नगर उप प्रमुख खडानन्द बेल्बासेले बताउनु भयो ।

गाऊँ गाऊँमा शिम्म्हदरबारको अनुभूति हुनेगरी समृद्ध नगर र सुखी नगरवासी बनाऊदै रास्ट्रले लियेको लक्ष्य सुखी नेपाली सम्ब्रिद्द नेपालको सपना साकार पार्न उपभोक्ताहरु पनी आ आफ़नो तर्फबाट लाग्नू पर्ने र उपभोक्ता समितिहरु पारदर्शी भए मात्रै त्यो संभव हुने हुदा उपभोक्ता समितिहरुले पारदर्शी ढंगबाट समयमै काम सम्पन्न गरेर भूकतानी लीन नगरपालिकामा आउन सकुन भन्ने सोंचका साथ समयमै समझौताको कार्यलाई वडास्तरमै उपस्थित भई अघी बढ़ाईएको भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

हिजो भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५ का ११ वटा योजना समझौता संगै उपभोक्ता समितिका पदाधिकारीहरुलाई भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, कार्यक्रम अधिकृत हरीशचंद्र भुसाल र ईनजिनीयर कुलानंद बंजाड़ेले स्पोटमै ब्याबहारिक ढंगबाट तालीम समेत प्रदान गर्नु भएको छ । यसबाट उपभोक्ता समितिहरु अझ बड़ी दक्ष हुने र समयमै काम सम्पन्न गर्ने नगरपालिकाको बिस्वास छ ।

यसरी फ़िल्डमै उपस्थित भएर एक दिनमै ११ वटा योजना समझौता गरिदिएकोमा भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५ का वार्ड अदक्ष तुल्शीराम बंजाड़े लगाएतका जनप्रतिनिधीहरुले खुशी व्यक्त गरेका छन ।

योजना समझौताको कार्यलाई सरल बनाऊँन भूमिकास्थान नगरपालिकाका कम्प्यूटर अपरेटरद्वय शेसकांत घिमिरे र नारायण प्रसाद बंजाड़े, स म बि नि शान्ता आचार्य, कृषि प्राविधिक ज्योती भट्टराई, सेंचुरि कमरसीयल बैंक का कर्मचारी सृजना पोख्रेलले निकै महत्त्वपूर्ण भूमिका निर्भाहा गर्नु भएको भूमिकास्थान नगरपालिकाका कम्प्यूटर अपरेटर शेसकांत घिमिरेले जानकारी दिनु भयो ।

Comments
Loading...