Ultimate magazine theme for WordPress.

सरस्वती मावि सुर्यथुममा कक्षा १२ का बिद्यार्थीद्वारा ११ का बिद्यार्थीलाई स्वागत

475

मधुसुधन पाण्डे छत्रदेव,कार्तिक ७ गते
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा न ८ मा रहेको सरस्वती माध्यमिक बिद्यालय सुर्यथुममा आज एक अौपचारिक कार्यक्रमका विच कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत गरिएको छ।सोही बिद्यालयका कक्षा १२ का बिद्यार्थीहरु द्वारा आयोजना गरिएको स्वागत कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक महेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने बिद्यालयका सम्पूर्ण शिक्षक तथा नवआगन्तुक कक्षा ११ का बिद्यार्थीको आतिथ्यता रहेको थियो।

विगत देखि नै स्वागत कार्यक्रमलाई निरन्तरता दिदै आएपनि पछिल्ला केही स्वागत कार्यक्रमहरु भने भड्किलो हुँदै गएको अभिभावकोहरुको चिन्ता रहेको छ।विशेषगरी मिलन र विछोडको सन्दर्भलाई ल्याएर स्वागत तथा बिदाई कार्यक्रम गर्ने गरिन्छ।जन्मपछिको मृत्यु जस्तै स्वागत पछि अवस्य पनि विदाई हुनुपर्ने प्राकृतिक नियम रहेको छ।

कार्यक्रममा नवआगन्तुक बिद्यार्थीहरुलाई टिका,माला सहित स्वादिष्ट परिकार खुवाएर स्वागत गरिएको कक्षा १२ का बिद्यार्थीले जनाएका छन्।स्वागत कार्यक्रम कक्षा १२ को तर्फबाट सरिता बिश्वकर्मा,अनुषा नेपाली त्यसैगरी कक्षा ११ को तर्फबाट लक्ष्मी पाण्डे,बाबुराम विश्वकर्मा त्यसैगरी समग्र शिक्षकको प्रतिनिधित्व गर्दै रामलाल आचार्य र सुर्यमनि पन्तले आफ्नो स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो कार्यक्रम कक्षा १२ का बिद्यार्थी बिष्णुमाया न्यौपानेको सभापतित्व तथा सीता न्यौपानेको सञ्चालनमा सम्पन्न भएको जनाईएको छ।

Comments
Loading...