असाेज ७, अर्घाखाँची
अर्घाखाँची समाज जापानले अर्घाखाँची अस्पतालमा सामग्रीहरु हस्तान्तरण गरेकाे छ ।
अस्पतालमा अायाेजना गरिएकाे विशेष समाराेहका बिच समाजका उपाध्यक्ष कृष्ण केसीले वेड सहितका सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
सामग्रीहरु बुझ्दै अस्पतालका प्रमुख डा जगन्नाथ तिवारीले परदेशमा रहेका जिल्लावासीहरुकाे सहयाेगकाे उच्च सम्मान गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
जिल्लाका विभिन्न क्षत्रमा सहयाेग गर्दै अाएकाे समाजले करीव २ लाख ५० हजारकाे हाराहारीमा सामग्रीहरु दरिद गरेकाे केसीले बताए ।
समाजले ६ थान बेड सेट, अाधुनिक कुर्सीहरु, साइड लकरहरु सहित अनधुनिक वाटर डिस्पेन्सर सहितका सामग्रीहरु हस्तान्तरण गरेकाे हाे ।