पहिलाे अपडेट साउन ११, अर्घाखाँची
बिकास मन्चकाे अायाेजनामा अाजबाट जिल्लाकाे भुमिकास्थान नगरपालिकामा खुल्ला क्रिकेट प्रतियाेगिता अाजबाट शुरु भएकाे छ ।
प्रतियाेगिताकाे राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काले अाैपचारिक समाराेहका बिच उद्घाटन गरेका हुन् ।
कार्यक्रमकाे उद्घाटन गर्दै खड्काले खेल क्षत्रकाे माध्यमबाट नेपाल चिनिदै गरेकाे अवस्थामा खेलकाे बिकासकाे लागि गाउँ गाउँमा यस्ता प्रतियाेगिताहरु हुनुपर्ने उल्लेख गरेका थिए ।
कार्यकममा नेकपा नगर ईन्चार्ज खगेश्वर पन्थी, प्रागका निर्देशक प्रेम गैरे, जनमाेर्चाका नेता टेक बहादुर थापा,वडा नं ७ का अध्यक्ष ताराबहादुर मल्ल लगायतका बक्ताहरुले मन्तव्य राख्दै प्रतियाेगिता सफलताकाे शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमकाे उद्घाटन शत्र मन्चका अध्यक्ष राम बहादुर थापाकाे अध्यक्षता र सचिव केशव थापाकाे संचालनमा सम्पन्न भएकाे हाे ।
प्रतियेगितामा करिव २५ टिमकाे सहभागिता रहने अायाेजकले जानकारी दिएकाे छ ।