Ultimate magazine theme for WordPress.

चेम्वरको आयोजनामा अर्घाखाँची महोत्सव हुने

1,116

अर्घाखाँची चेम्वर अफ कमर्सको आयोजनामा प्रथम कृषि, पर्यटन तथा सांस्कृतीक महोत्सव तथा व्यापार मेला २०७६ आयोजना हुने भएको छ ।
जिल्लाको कृषि, पर्यटन तथा साँस्कृतिक एवं समस्त विकासको लागि यही पुष २५ गतेदेखी माघ ७ गतेसम्म मेला आयोजना गर्न लागिएको चेम्वर अर्घाखाँचीका अध्यक्ष अशोक कुमार श्रेष्ठले जानकारी दिए ।
चेम्वरले गर्ने मेला केवल व्यापारीक मेला मात्र नभई जिल्लाको पर्यटन, कृषि क्षेत्रको विकासमा पनि केन्द्रीत हुने बरिष्ठ उपाध्यक्ष महेन्द्र सेजवालको भनाई छ ।
मेला संचालनको लागि औपचारिक स्वीकृतीका लागि सन्धिखर्क नगरपालिकामा पत्र पठाइसकिएको र केही दिनमै सर्वपक्षिय बैठकको आयोजना गरी अगाडी बढ्ने चेम्वरले जनाएको छ ।
विगतमा भन्दा फरक ढंगले मेला गर्न लागिएको अर्घाखाँची चेम्वरका प्रवक्ता हरी प्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार जिल्लालाई अधिकतम फाईदा हुनेगरी मेला आयोजना गरिने छ । विगतमा जस्तो व्यक्ति मोटो हुनेगरी नभई जिल्लाको हितमा मेला हुने भुसालको भनाई छ ।

Comments
Loading...