Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी लाई स्वागत

577

हिम लेकाली / २०७६भाद्र, ५ सन्धिखर्क

उद्याेग वाणिज्य संघ अर्घाखाँचीले नव अागन्तुक प्रमुख जिल्ला अधिकारि बिजयराज पाैडेल लाई एक कार्यक्रम बिच स्वागत गरेकाे छ ।

स्वागत कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारीले सबैले अाअाफ्ना क्षेत्रका जिम्मेवारी पूरा गर्दै अगाडि बडे समाज सुदृढ हुने बताउनु भएकाे छ ।

उहाँले भाेलिका दिनमा पेशा ब्यबसायका समस्या र चुनाैतिहरूलाई साझा रूपमा समाधान गर्न प्रयत्न गर्ने बताउँदै निजि क्षेत्रकाे सम्बृधिकाे लागि सदा साथ सहयाेग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे । उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले पेशा ब्यवसायका समस्याहरूकाे बारे प्रमुख जिल्ला अधिकारिलाई जानकारि गराउनु भएको थियाे ।

उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष नेत्र प्रसाद भुसाल काे स्वागतमा काेषाध्यक्ष तुल्सिराम खनालकाे सन्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

Comments
Loading...