Ultimate magazine theme for WordPress.

चेम्वर अफ कमर्सद्वारा छात्रवृतीका लागि अावेदन अाह्वान

252

साउन २२/पहिलाे अपडेट

नेपाल चेम्वर अफ कमर्सले छात्रबृतीका लागि अावेदन अाह्वान गरेकाे छ ।

लर्ड बुद्द एजुकेशन फाउन्डेसन संगकाे सहकार्यमा हरेक प्रदेशबाट एक/एक जना छात्रा लाई छात्रवृती दिनेगरी चेम्वरले अावेदन अाह्वान गरेकाे हाे ।

अार्थिक अवस्था कमजाेर भएका जेहेन्दार तथा मेहनती छात्राहरुलाई निशुल्क पढ्ने वातावरण सिर्जना गर्दै राेजगारमुखी बनाउनका लागि चेम्वरले यस्ताे अाह्वान गरेकाे हाे ।

चेम्वरका अनुसार प्लस टु वा साे सरह उत्तिर्ण गरेका छात्राहरुले अावेदन दिन सक्नेछन् । अावेदन स्वीकृत भएमा लर्ड बुद्द एजुकेशन फाउन्डेसनमा ६ लाख ६५ हजार बराबरकाे तीन वर्षे विए बिजनेश म्यानेजमेन्ट निशुल्क अध्ययन गर्न पाउनेछन् ।

अावेदन दिदा नेपाल चेम्बर अफ कमर्सकाे केन्द्रीय कार्यालय, जिल्ला तथा नगर स्तरिय चेम्बर समितिहरु सहित अनलाईनबाट सिधै अावेदन दिन सकिने चेम्वरले जनाएकाे छ ।

Comments
Loading...