Ultimate magazine theme for WordPress.

नेपालमा थप तीन जनामा को’रोना भाइरसको संक्र’मण

70

नेपालमा अन्य तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शनिबार आफ्नो फेसबुक पेजमार्फत् स्वास्थ्य मन्त्रालयले यो जानकारी गराएको हो।

रो’ग नियन्त्रण विभागका प्रमुख डा. बासुदेव पाण्डेले यसको अाैपचारिक पुष्टि गरेका छन्। ‘कैलालीमा तीन जनामा को’रोना भाइरसको संक्र’मण देखिएको छ। उनीहरु सबैलाई सेती अञ्चल अस्पतालमा राखिएको छ,’ डा. पाण्डेले भने।

मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय एक महिलामा को’रोना संक्रमण भेटिएको हो।

संक्रमण देखिएकी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन्। योसँगै पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको हाे ।

नेपालमा अहिलेसम्म आयातित केसहरु मात्रै थिए। अब नेपालमा कोरोना संक्र’मितको संख्या ९ पुगेको छ। जसमध्ये १ जना निको भइसकेका छन् भने अन्य आठ जनामा को’रोना संक्रमण रहेको छ।

Comments
Loading...