Ultimate magazine theme for WordPress.

कोरोना भित्रने डरमा सुपा देउराली मन्दिर बन्द

120

पहिलो अपडेट / चैत्र ९, अर्घाखाँची

संसारभर कोरोनाको संत्रास फैलिरहेका वेला अर्घाखाँचीमा पनि यो भाईरस भित्रन नदिन कडा सतर्कता अपनाइएको छ ।

अर्घाखाँची जिल्ला भित्रिने नाकाहरुमा कडाई गरिएको छ । चैत्र १० गतेबाट प्रमुख नाकाहरुमा स्वास्थ्य जाँच सहित कडाई गरिदैछ भने पश्चिम नेपालकै धार्मिक धरोहर सुपा देउराली मन्दिर समेत केही समयको लागि बन्द गरिएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीहरुका कारण कोरोनाको संक्रमण वढ्न सक्ने भन्दै केही समयको लागि मन्दिर बन्द गर्ने निर्णय भएको बुझिएको छ ।

केही समयको लागि बन्द गर्न निर्देशन दिइएको अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार आजबाट नै मन्दिर बन्द हुनेछ ।

पश्चिम नेपालकै चर्चित सुपा देउराली मन्दिरमा नेपालका विभिन्न स्थान सहित छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य मात्रामा दर्शएनार्थीहरु आउने
गरेका छन् ।

जानकारीको लागि यो समाचार अधिक शेयर गर्नुहोला है ।