Ultimate magazine theme for WordPress.

अर्घाखाँचीको सिमावर्ती क्षेत्रमा एम्बुलेन्स सहितको हेल्थ डेस्क

73

अर्घाखाँचीको सिमावर्ती क्षेत्रमा हेल्थ डेस्क स्थापना हुँने भएको छ । विश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड-१९ को जोखिमलाई कम गर्न सिमावर्ती कपिलवस्तुको पथ्थरकोटमा हेल्थ डेस्क स्थापना गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा जनप्रतिनिधि र सरोकार वालाबीच शुक्रबार व्यापक अन्तरक्रिया तथा छलफल गरि चैत १० गते देखि हेल्थ डेस्क स्थापना गर्ने निणर्य भएको हो । नोवल कोरोनाको शंकास्पद बिरामी भेटिए तत्काल एम्बुलेन्समार्फत आईसोलेसन कक्षमा लैजाने ब्यवस्था समेत गरिने छ।

अन्तरक्रिया तथा छलफलमा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल को आयोजनामा भएको छलफलमा पुर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी , प्रदेश सभा सदस्य चेतनारायण आचार्य , जिल्ला समन्वय समितिका प्रमुख , जिल्ला स्थित ६ वटा स्थानीय निकायका प्रमुखहरु, जिल्ला स्थित शुरक्षा निकाएका प्रमुखहरु, जिल्लास्थित जनस्वास्थ्य तथा स्वास्थ प्रमुख , विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि , पत्रकार महासंघका सभापति लगायतको उपस्थिति रहेको थियो ।

( पत्रकार अशोक खनालले लेख्नुभएको यो समाचार हामीले समयपोष्ट डटकमबाट साभार गरेका हौं । सम्पादक )