Ultimate magazine theme for WordPress.

नेकपा भुमिकास्थान ३ धारापानीको महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न

45

हृदय भुसाल ४चैत्र

पार्टी एकताको सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान अन्तरगत नेपाल कम्युनिस्ट पार्टी नेकपाले भुमिकास्थान नगरपालीका वाड न ३ धारापानीमा विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

वाड कमिटीको पुर्ण बैठकले पार्टी सदस्यता नवीकरण,टोल कमिटीका बैठक संचालन गर्ने, जनसंगठनको गठन पुनर्गठन गर्ने, जनसम्बन्ध बिस्तार जस्ता विभिन्न योजनाहरु निर्माण गरेको नेकपाले जनाएको छ ।

बैठकका प्रमुख अथिती एबम नेकपा जिल्ला कार्यालय सदस्य पिताम्बर भुसालले दुई राजनैतिक बिचारधारा बोकेका बिसाल पार्टीको एकता पोछी बनेको नेकपाको एकीकरण प्रक्रियाको काम ढिलो हुदा पार्टी कामको गतिमा केहि समस्या भएको भन्दै अब उच्च मनोबल र उर्जाका साथ भाबनात्मक रुपमा एक हुदै पार्टी सुदृढीकरण अभियानमा लाग्न आग्रह गर्नु भयो । नेता भुसालले नेकपा नेतृत्वको सरकारले जनताको माग र आबस्यकताको आधारमा बिकास निर्माणको काम लाई तिनै तहका सरकारले गतिका साथ काम गरेको भन्दै जनताको बिचमा सरकारले गरेका राम्रा कामहरूलाई प्रचार गर्नु पर्ने बताउनु भयो । गलतखालका भ्रमपुर्ण प्रचार गरेको कुरा अब जनताले थाहा पाईसकेको हुँदा नेकपाले जनताको बिकास र जनजिबिकाको सबालमा निरन्तर काम गरेको र आगामी दिनमा अझ प्रभावकारी रुपमा काम गर्ने बताउनु भयो ।

बैठकका विशेष अथिती एबम नेकपा नगरकमिटी सहइन्चार्ज ठाकुर सौरागले पार्टी अनुसासन गोपिनियता संगठनात्मक बिधि प्रक्रिया अनुसार पार्टीलाई अगाडी बढानु पर्ने भन्दै सौरागले समय सापेक्ष सबै नेता कार्यकर्ता आफ्नो आनिबानी र ब्यबहारहरु लाई सुधार गर्दै काममा लाग्नु पर्ने बताउनु भयो । भाबनात्मक एकताका साथ जनताको घरदैलोमा सबै संघ समन्वय गरि परिणाम निस्कने गरि काम गर्नु पर्ने बताउनु भयो ।

बैठकमा नेकपा जिल्ला सदस्य तथा नगर सचिव मणि पौडेलले संगठनका बिस्तारमा भाबनात्मक एकता साथ लाग्नु पर्ने भन्दै नेता कार्यकर्ता, जनता जनप्रतिनिधिको सम्बन्ध सुदृढीकरण गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

बैठकमा नेकपा जिल्ला सदस्य सुबासचन्द्र बन्जाडे,नेकपा जिल्ला सल्लाहकार तथा वाड अध्यक्ष बालकृष्ण बन्जाडे,नेकपा जिल्ला सल्लाहकार सालिकराम खनाल, नेकपा नगर कार्यलय सदस्य हरि केसी,प्रेस संगठनका नेपाल प्रदेश सदस्य तथा नगर प्रचार बिभाग प्रमुख हृदय भुसाल,नगर कमिटी सदस्य बिष्णु बन्जाडेले प्रशिक्षणमुलक मनतब्य राख्नु भएको थियो ।

बैठक कमिटीका अध्यक्ष बासु भाटको अध्यक्षता,बुद्धि खत्रीको संचालनमा सम्पन्न भएको नगर प्रचार बिभाग प्रमुख हृदय भुसालले जानाकारी दिनु भयो ।