Ultimate magazine theme for WordPress.

भुमिकास्थान १ ढाकाबाङमा नेकपाकाे बैठक सम्पन्न

153

हृदय भुसाल,अर्घाखाँची पार्टी सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार ३ महिने अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान वाड न १ ढाकावाङ वाड कमिटीको बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकले टोल कमिटीका बैठकहरु,सन्चालन गर्ने, सदस्यता नवीकरण,जनसम्बन्ध बिस्तार जनसंगठन बैठक भेला लगायतका विभिन्न महत्त्वपूर्ण कार्ययोजना निर्माण गरेको छ ।

बैठक नेकपा प्रदेश कमिटी सदस्य टोज बहादुर रायमाझीको प्रमुख आथित्यता र नेकपा जिल्ला कार्यलय सदस्य पिताम्बर भुसालको विशेष आथित्यतामा सम्पन्न भएको छ बैठक लाई सम्बोधन गर्दै प्रमुख अतिथि तोज बहादुर रायमाझीले पार्टीले संचालन गर्ने ३ महिने अभियानको बारेमा प्रकाश पार्दै बिकास निर्माण र आम जनताको पक्षमा गरेका महत्त्वपूर्ण काम हरु जनतालाई बुझाउनु पर्ने बताउनु भयो ।

बैठकका विशेष अतिथि पिताम्बर भुसालले पार्टीको आगामी कार्यदिशा र अभियानको उदेश्यको बारेमा प्रकाश पार्टी भाबनात्मक एकताका साथ पार्टी संगठनको काममा लाग्न आग्रह गर्दै भुसाल जनताको बीचमा जनताकै काम गरेर पहिलो पार्टी भएको भन्दै जनताको माग र आबश्यकताको आधार पार्टीका काम गर्नुपर्ने बताउनु भयो ।

बैठकमा जिल्ला सदस्य तथा नगर सहइन्चार्ज ठाकुर सौराग,जिल्ला कमिटी तथा नगर कमिटी अध्यक्ष राजेन्द्र आचार्य जिल्ला कमिटी सदस्य तथा नगरकमिटी सचिव मणि पौडेल नेकपा जिल्ला सदस्य तथा नगर प्रमुख रेसम थापा, जिल्ला सदस्य प्रेम नारायण गैरे, जिल्ला सदस्य रुद्र खनाल, प्रदेश सल्लाहकार कास बहादुर गमाल,जिल्ला सल्लाहकार चिरञ्जीवी खनाल,दुर्गा कुवर,लगायतका जिल्ला तथा नगरकमिटीका सदस्यहरुले प्रशिक्षणमुलक मनतब्य राख्नु भएको छ ।

बैठकमा वाड कमिटी अध्यक्ष बाबुराम खनालको अध्यक्षता र चेत बहादुर थापाको संचालनमा सम्पन्न भएको नगर प्रचार बिभाग प्रमुख हृदय भुसालले जानकारी दिनु भयो ।