Ultimate magazine theme for WordPress.

काेराेनाकाे जाेखिम बढेकाे भन्दै भट्टराईद्वारा स्कुल बन्द गर्न माग

131

चैत्र १, पहिलाे अपडेट
कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको भन्दै समाजवादी पार्टीका संयाेजक बाबुराम भट्टराईले स्कुल बन्द गर्न अाग्रह गरेका छन् ।

सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले जीवन भन्दा ठुलाे परीक्षा हुन नसक्ने भन्दै स्कुल बन्द गर्न अाग्रह गरेका हुन् ।

परीक्षा केही पर सार्दा पनि अाकास नखस्ने भन्दै भट्टराईले स्कुल बन्द गर्ने कार्यमा हेलचेक्राई गर्न नहुने भन्दै सरकारकाे ध्यानाकर्षण गरेका छन् ।

हेर्नुहाेस भट्टराईकाे ट्विट जस्ताकाे तस्तै :
कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो?छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ?सत्ताधारी कमरेडहरूको ध्यान जाला?

Comments
Loading...