Ultimate magazine theme for WordPress.

स्थानिय सरकारकाे नमुना काम : स्थानीय स्तरमै माक्स उत्पादन, घरघरमा बितरण गरिने

1,062

अनिता भुसाल / फागुन २९, अर्घाखाँची

संसारभर काेराेना भाइरसकाे संक्रमण बढिरहेकाे बेला यहाँकाे एक स्थानिय सरकारले सम्भावित दुर्घटना न्युनिकरणका लागि स्थानिय स्तरमै माक्स उत्पादन शुरु गरेकाे छ ।

छिमेकि राष्ट्र चिनबाट शुरु भएकाे काेराेनाका कारण देशभर माक्सकाे अभाव भैरहेकाे बेला गाउँपालिकाले स्थानिय सिलाई व्यवसायिहरु मार्फत हरेक गाउँवासिलाई पुग्नेगरि माक्स उत्पादन शुरु गरेकाे हाे ।

“स्थानिय व्यवसायिहरु र गाउँपालिकाले तालिम प्रदान गरेका स्थानियमार्फत माक्स उत्पादन शुरु गरेका छाैँ ।” पालिका अध्यक्ष लेखनाथ पाेख्रेलले भने ” ठ्याक्कै कति बन्छन पहिल्लै घाेषणा त नगराैँ, तर हरेक एक व्यक्तिलाई एक माक्स पुग्नेगरि तिव्र गतिमा काम भैरहेकाे छ ।”

स्थानिय व्यवसायि र गाउँपालिकाबाट सिलाई तालिम प्राप्त गरेकाहरुलाई केही अायअार्जन समेत हुनेगरि स्थानिय स्तरमै माक्स उत्पादन शुरु गरिएकाे अध्यक्ष पाेख्रेलकाे भनाइ छ । याे समाचार तयार पार्दासम्म करिव १ हजार ५ सय माक्स उत्पादन भैसकेकाे पाेख्रेलले जानकारी दिए ।

स्थापना कालदेखि नै फरक तर उपलव्धिमुलक काम गरि चर्चा पाएका पाेख्रेलकाे याे कदमकाे सामाजिक सन्जालमा समेत चर्चा भएकाे छ ।