Ultimate magazine theme for WordPress.

अर्घाखाँचीका चर्चित लोक दोहोरी गायक बेल्बासे कतार आउँदै

251

अर्घाखाँची सेवा समाज कतारको आयोजनमा हुन लागेको समाजको तेस्रो बनभोज तथा बृहत सांस्कृति कार्यक्रमको लागि नेपालबाट चर्चित लोकदोहोरी गायक कुशल बेल्बासे कतार आउने भएका छन ।

समाजले आगामी 14 फेब्रुअरी 2020 अर्थात भ्यालेन्टाइन डे का दिन अल सहानिया अल दोसारी जु मा तेस्रो बनभोज तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

संगीतलाई सानै उमेर देखि रुचि राख्ने गर्थे विद्यायमा गाँउ समाजमा हुने सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतुति दिदै बालकलारबाट सांगीत क्षेत्रमा प्रबेश गरेका बेल्वासे २०५९ सालबाट राष्ट्रिय लोकदोहोरीको सांगीतक क्षेत्रमा आफ्नो करियारमा डेढ दशक संघर्षमा बिताएका बेल्वासे पछिल्लो समय लोक दोहोरी गायकका रुपमा सु–परिचित मानिन्छन ।

राष्ट्रिय लोक दोहोरीको संगीत क्षेत्रमा आफुलाई स्थापित गर्न सफल हुन बेल्वासे अर्घाखाँची जिल्ला पटौटि ७ साविक हाल पाणिनी गाँउपालिका ४ मा उनको जन्मेका बेल्वासे । रातोघलेकीमा गितको वोलबाट चर्चा कमाएका बेल्बासेले प्रदेशीयका प्रदेशीहरु कथा र व्यथामा आधारित परदेशी, रिडी दोभान, बाँचे घर आम्ला चुयने खरको छानोमा टिन लाउँला नरौं मेरी आमा नरौ मेरा बाबा भन्ने माली गाईले बाछी चाटेको, बाँचे घर आम्ला, झुमे रुमाल , रानिफुल लगाएत करिब एक दर्जनौ भन्दा बढी गीतमा आफ्नो स्वर दिएका छन ।

त्यसअधि उनले गीत पनि कम चर्चित भएका होइन यद्यपि यो गीतको सफलतासँगै उनले गायका प्राय सबै गीत श्रोता दर्शकले मन पराएका छन । यति बेला उनी गाँउ समाजमा हुने विभिन्न महोत्सवहरुमा व्यस्त रहेका छन । बेल्वासेको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष टेक राज थापाले साझा नेटवर्ककलाई जानकारी गराएका छन ।

समाजले कतारमा स्थापित सम्पुर्ण संघ संस्था, बुद्धिजीवी, समाजसेबी, पत्रकार तथा अर्घाखाँची तथा गैर अर्घाखाँची बासीहरुलाई कार्यक्रममा सफल पार्न सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ ।

Comments
Loading...