Ultimate magazine theme for WordPress.

समाचार प्रभाव : रिताकाे उपचारमा गुराँसले सहयाेग गर्ने

593

पहिलाे अपडेट/ मंसिर ६ अर्घाखाँची

कम्मर मुनीकाे भाग नचल्ने अवस्थामा उपचारकाे पर्खाईमा रहेकी अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं ३ कि रिता खड्काकाे उपचार गरिने भएकाे छ ।

केही महिनाअघि लडेर अशक्त भएकी रिताकाे बुटवल ढवाहामा रहेकाे गुराँस हस्पिटलले निशुल्क उपचार गर्ने भएकाे हाे । थेरापी गर्न पाए सन्चाे हुन्थ्याे कि भन्ने रिताकाे अाशय सहितकाे समाचार पहिलाे अपडेट डटकममा प्रकाशित भएपछि अस्पतालले निकाे हुने अवस्था हाे भने निशुल्क थेरापी गर्न अाफुहरु तयार रहेकाे बताएकाे छ ।

” पैसाकाे अभावकै कारण उपचार नपाउनु दुखद कुरा हाे । “अस्पतालका प्रमुख नारायण भुसालले भने ” थेरापीले निकाे हुने अवस्था हाे भने हामी निशुल्क थेरापी गरिदिन्छाैँ ।”

” सम्पुर्ण उपचार हामी निशुल्क नै गर्छाैँ तर खाने बस्ने र अाैषधीकाे व्यवस्था चै बिरामीले नै गर्न सके राम्राे हुन्थ्याे ” भुसालले भने ।

अस्पतालले निशुल्क उपचार गर्छाैँ भनेपछि रिताकाे परिवारमा खुसी छाएकाे छ । तर “खाने बस्ने र अाैषधी किन्नकाे लागि समेत पैसा छैन, अब के गर्ने ? रिताले भनिन ।

VIDEO

VIDEO

रीता उठ्न चाहन्छिन ।कृपया सक्दो सहयोग / शेयर गर्नुहोला ।

Gepostet von Hari Prasad Bhusal am Montag, 18. November 2019

 

Comments
Loading...