Ultimate magazine theme for WordPress.

सिख्रमा भूमिकास्थान नगरपालिका वडा नं. ३ को कार्यालय उद्घाटन

132

कार्तिक ६, अर्घाखाँची

भुमिकास्थान नगरपालिका वडा नं ३ काे नवनिर्मित भवनकाे अाज उद्घाटन गरिएकाे छ ।

भवनकाे नगरपालिकाका प्रमुख रेशम थापाले विशेष समाराेहका बिच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा जग्गादाता बुद्दिराम खनाललाई नगरप्रमुख थापाले दाेसल्ला अाेढाएर सम्मान गरेका थिए ।

नवनिर्मित भवनकाे उद्घाटन गर्दै नगर प्रमुख थापाले भ्रष्टाचार मुक्त नगरपालिका बनाउने अाफ्नाे प्रतिवद्दता दाेहाेराएका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण भण्डारी, वडा नं १० का अध्यक्ष खगेश्वर पन्थी, ९ का अध्यक्ष नारायण खनाल, ७ का अध्यक्ष तारा बहादुर मल्ल, वडा नं ४ का वडाध्यक्ष बाबुराम सुनार, वडा नं ६ का अध्यक्ष झविलाल बन्जाडे, जनमाेर्चाका नेता सागर केसी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम वडा अध्यक्ष बालकृष्ण बन्जाडेकाे अध्यक्षता र वडा सचिव देवराज श्रेष्ठकाे संचालनमा सम्पन्न भएकाे नयाँ एफ एमका प्रमुख हरि प्रसाद भुसालले खवर पठाएका छन् ।