Ultimate magazine theme for WordPress.

जिल्ला न्यायाधिशलाई याेगकर्मीहरुकाे विदायी

189

अशाेक खनाल/ पहिलाे अपडेट अर्घाखाँची ।
अर्घाखाँची जिल्ला का जिल्ला न्यायाधीश श्री मान रामचन्द्र पौडेल लाई एक कार्यक्रम का बिच बिदाइ गरिएको छ।

जिल्ला आयुर्वेद स्वास्थ केन्द्र का प्रशिक्षक साधक र अर्घाखाँची पतन्जली योग समिती ले संयुक्त रुपमा बिदाइ गरेको छ ।पतन्जली योग समिति अर्घाखाँची का अध्यक्ष प्रेमनारायण पोखरेल को अध्यक्षता पार्बता श्रेष्ठ को स्वागत मन्तब्य र आयुर्वेद स्वास्थ केन्द्र कि प्रशिक्षक पुस्पा भुसाल को सन्चालन मा सम्पन्न कार्यक्रम मा जिल्ला मा संचालित योग शिबिर केन्द्र हरु बाट प्रतिनिधित्व मुलक उपस्थिति रहेको थियो ।

अर्घाखाँची जिल्ला मा २०७४साल भाद्र ३० गते आउनु भएका श्रीमान निकै शालीन भद्र धार्मिक योग प्रेमी ब्याक्तित्व हुनुहुन्छ उहाँ ले अर्घाखाँची मा केन्द्र र प्रदेश का चुनाव समेत निरबिबाद सप्पन्न गर्नु भएको थियो ३८ बर्ष न्यायलय क्षेत्रमा काम गर्नु भएका श्री मान पौडेल ले जिल्ला का ४९४ विभिन्न प्रकृतिका मुद्दा हरु फरर्चौट गर्नु भएको छ उहाँ आफनै रोजाइ मा मनाङ जिल्ला अदालत मा सरुवा हुनु भएको हो उहाँ लाई अर्घाखाँची का विभिन्न संघ सस्था हरुले बिदाइ गरेका छन ।